-कल्पवृक्ष/काठमाडौं
नेपाल प्रहरीका आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को पदस्थापना र सरुवा भएको छ । गृह मन्त्रालयले प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएका ८ जनाको पदस्थापन गरेको हो ।
मन्त्रीस्तरीय निर्णयअनुसार डिआइजी ध्रुवराज राउत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, भोलाबहादुर रावल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, गणेश चन्द सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सिद्धीविक्रम राणा प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, सुशिलसिंह राठौर प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा खटाइएको छ ।
उमाप्रसाद चतुरवेदी प्रहरी प्रधान कार्यालय, हिमालयकुमार श्रेष्ठ अख्तियार दुरूपयोग अनुसन्धान आयोग र म्बिरबहादुर बिक साइबर ब्युरोमा काजमा खटाइएको गृहमन्त्रालयले जनाएको छ ।