-कल्पवृक्ष / काठमाडौं
काठमाडौंंको / कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको किराँतचोक नजिक बागमती नदी किनारमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
शनिबार दिउँसो १२ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।
आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरिय अस्पताल लगिएको थियो । उपचारकै क्रमा आइतबार बिहान पहुने छ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।