कल्पवृक्ष, काठमाडौं ।
दाङ तुलसीपुरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा बुधबार एक जना पक्राउ परेको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका २ भम्केस्थित एकताटोल बस्ने २९ वर्षीय चित्र बहादुर बुढाथोकीले ३२ वर्षीया हस्ती कुमारी बुढाथोकीको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चित्र बहादुरले आफ्नै घरको बैठक कोठामा दाउ प्रहार गर्दा हस्ती कुमारीको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्युको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई तुलसीपुर उपमहानगरपालिका(७ स्थित कारागार कार्यालय नजिकैबाट पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।