डा. रुद्र प्रसाद मरासिनी हाल राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख हुनुहुन्छ । प्रमुख मेडिकल सुपरिडेण्डेण्ट डा मरासिनीले एमबिबिएस, एमएसको पढाइ पूरा गर्नु भएको छ भने स्पाइन सर्जरीको फेलोसिप पनि हुनुहुन्छ ।
संखुवासभाको खाँदबारीमा जिल्ला अस्पताल प्रमुख, वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा निर्देशक र यही विभागको इपिडिमियोलजि तथा रोग नियन्त्रण्मा महाशाखामा निर्देशक भएर काम गरिसक्नु भएको छ । उहाँसित ट्रमा सेन्टरमा भइरहेका उपचारसमेतका विषयमा गरेको कुराकानीको संपादित अंश ।
ट्रमा सेण्टरमा कस्ता कस्ता बिरामीको उपचार गरिन्छ ?
दुर्घटना, दैविक विपत्ति, हिंसा, चोटपटकका कारणबाट हुने स्वास्थ्य समस्याहरु हाडजोर्नी, नशा, मुटु, शल्य चिकित्सा, प्लाष्टिक सर्जरी, नाककान घाँटी, दन्तशल्य–चिकीत्साको पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न तथा सवारी दुर्घटनामा परेकाहरुको मृत्युदर कमगर्ने उद्येश्यले सञ्चालित यो अस्पतालमा १ सय ५० वटा साधारण शैया, आकस्मिक शैया ३२ वटा, ११ वटा आइसियु, ९ वटा एचडियू, ७ वटा पोष्टअपमा गरी जम्मा २ सयवटा नेपाल सरकारबाट स्विकृत प्राप्त शैयाहरु रहेकाछन् ।
बिरामीको चाप कस्तो छ ?
हाडजोर्र्नी सेवाको लागि अझै विशिष्टिकृत आर्थोस्कोपि तथा आर्थोप्लाष्टि सेवाको पनि छुट्टै विभागको व्यवस्थापन गरि सेवा सन्चालन गर्न थालिएको छ । दैनिक ५ सयदेखी ६ सयसम्म विरामीको चाप रहेको यस अस्पतालमा आवश्यकता अनुसार विशेष सरसल्लाहको लागि वीर अस्पतालबाट मुटुरोग तथा मानसिक रोग अस्पतालबाट मानसिक रोग विशेषज्ञको पनि विस्तारित सेवा कार्यक्रममार्फत वहिरङ्ग सेवा सञ्चालन गरिएको छ ।
चोटपटक लागेका विरामीहरुको आकस्मिक शल्यकृयाको लागि इमरजेन्सी विभागमा २ वटा शल्यकृया कक्ष र नियमित शल्यकृया गर्नको लागि एकैपटकमा ५ जनाको शल्यकृया गर्न मिल्ने अत्याधुनिक मोडुलर शल्यकृया कक्ष तथा अर्को एकवटा गरेर जम्मा ८ वटा शल्यकृया कक्ष सञ्चालनमा रहेकोछ ।
गरिव विपन्न बिरामीलाई कस्तो सहुलियत दिने गरिएको छ ?
आर्थिक वर्ष २०८०र८१मा यस अस्पतालमा सञ्चालित सामाजिक सेवा इकाईमार्फत नेपाल सरकारले तोकेका १२ वटा लक्षित समूहका ५ हजार ६ सय २२ जना विरामीलाई १ करोड ७६ लाख ३६ हजार २ सय ९९ रुपैयाँवरावरको आंशिक तथा पूर्ण छुट सु्विधामा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
अस्पतालले दैनिक कति समय सेवा दिँदै आएको छ ?
विरामीलाई सहज तथा सुलभ सेवा दिनको लागि २४ घण्टे इमरजेन्सि सेवा, विहान साढे ८ बजेदेखि वेलुका साढे ४ बजेसम्म नियमित बहिरङ्गसेवा र साढे ४ देखि ७ बजेसम्म विस्तरित बहिरङ्ग सेवा सञ्चालनमा रहेको छ । लक्षित समूहका विरामीहरुलाई छ्ुट सेवा, स्वास्थ्य विमा गरेका विरामीलाइ विमा, नेपाल सरकारले तोकेका कडारोग लागेका विपन्न विरामीलार्ई समेत सुविधा प्रदानगर्न २४सै घण्टा सातै दिन अविच्छिन्न सेवा प्रदान गर्नको लागि सामाजिक सेवा इकाईमार्फत सहजकर्ताको ड्यूटी मिलाएर २४सै घण्टा र विदाको दिनमा पनि एकजना सहजकर्ता रहने गरि व्यवस्था मिलाइएको छ । दुर्घटनामा परेका घाइतेहरुको व्यवस्थापनको लागि असहाय तथा वेवारिसे विरामीको लागि निःशुल्क आकस्मिक स्वास्थ्य उपचारको व्यवस्थासमेत ट्रमा सेण्टरले मिलाएको छ । सवारी दुर्घटनामा परेका घाइतेहरुको सहज उपचारको गरी प्रारम्भिक आकस्मिक उपचार छिटो, छरितो, प्रभावकारीरुपमा गर्न व्यवस्था मिलाइएको छ ।
अस्पतालमा के के समस्या छन् ?
अस्पतालमा भौतिक पुर्वाधारको अनुपातमा धेरै घाइते तथा विरामी आउने र अस्पताल शहरको बीचमा अवस्थित भएकोले अस्पताल विस्तार गर्न सम्भव नभएको साथै दुर्घटनामा परेका विरामीहरुको उपचारपश्चात पुनःस्र्थापनाको लागि सरकारी संस्था पनि नभएको हुँदा समस्या देखिएको छ । दैनिक धेरै स‘ंख्यामा चोटपटक तथा दुर्घटनाका उपचारको लागि सेवाग्राही विरामी आउने अस्पतालमा जाँच÷पडतालको लागि भरपर्दो साधन एमआरआई मेसिन नभएकोले विरामीको उपचारमा ढिलाई हुने तथा जाँचको लागि विरामीलाई अन्यत्र पठाउनु पर्नेजस्ता समस्या रहेका छन् ।