-कल्पवृक्ष/काठमाडौं
नेपाल प्रहरीमा दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरीको जनपद समूहतर्फ गृह मन्त्रालय बढुवा समिति, सचिवालयको बैठकले प्रहरीका डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।
सिंह र बोहरालाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको हो ।