त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले ८ जना डीन र ३ जना निर्देशक नियुक्त गरेको छ ।
डिन बन्नेहरुमा शिक्षाशास्त्र संकायमा प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहोनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रमा प्रा.डा. द्विविनन्द ढकाल छन् ।
यस्तै व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा. सुशीलबहादुर बज्राचार्य रहेका छन् ।
तीन निर्देशकमा शिक्षा विकास तथा अनुसन्धान केन्द्रमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मिनराज भण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएको त्रिविले जनाएको छ ।