कल्पवृक्ष/काठमाडौं
राजधानी भित्रने प्रमुख नाका थानकोट क्षेत्रमा आज (शुक्रबार) नेपाल विद्युत् प्राधिकरणले बिहानैदेखि बिजुली आपूर्ति कटौती गर्दैछ ।
बिहान साढे १० बजेदेखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्रविधि जडान कार्य भइरहेकाले बिजुली आपूर्ति कटौती हुने भएको हो ।