नेपाल प्रहरीको एआईजीबाट रिटायर्ड हुनु भएको छ, नेपाल प्रहरीको पछिल्लो अवस्था कस्तो छ ?
नेपाल प्रहरीको काँधमा दिननुदिन चुनौतीहरु थपिदै गई रहेका छन । बिश्वमा बिग्यान र प्रविधिको क्षेत्रमा समय संगै भई रहेको प्रगति आविष्कारले समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्य पनि दिनानुदिन जटिल बन्दै गएको छ । सरकारमा रहेका हरेक पदाधिकारीहरुले, सरकारका हरेक निकायले आन्तरिक सुरक्षाको जिम्मा लिएको प्रहरीलाई समय सापेक्ष भरपर्दो र प्रभावकारी बनाउने कार्यलाई प्राथमिकतामा राखेनन भने प्रहरीले साधनश्रोत, जनशक्ति र कानूनको अभावमा राम्रो संग कार्य सम्पादन गर्न सक्दैन । फलस्वरुप समाजमा अराजकता बढने, सरकार प्रतिकै जनआस्था घटनुका साथै देश नै असफलता तिर धकेलिंदै जान्छ । जनताहरुको माझमा प्रहरीको छबि राम्रो बनाउन र बिश्वास जित्नका लागि प्रहरी सेवामा के कमी छ, जनताहरुको चाहना के छ, जनताहरुले प्रहरीलाई कसरी हेरेका छन सो बारेमा अध्ययन अन्बेषण (च्भकभबचअज क्तगमथ) गरिनु प–यो र सो बाट प्राप्त उपलब्धीहरु (ँष्लमष्लनक) लाईप्रहरीले आफ्नो कार्यशैलीमा लागु गर्नु पर्छ ।
प्रहरीका सबल र दुर्बल पक्षहरु के के हुन ?
जवाफः नेपाल प्रहरीलाई साधन स्रोत, पर्याप्त जनशक्ति र आवश्यक तालीम थप गरेको खण्डमा यसले धेरै प्राँवकारी रुपमा प्रहरी सेवा प्रदान गर्न सक्छ । तोकिएका कानून नियमहरुको परिधिमा रहेर प्रहरी परिचालनमा छ । कार्य सम्पादनका लागि अति आवश्यक कुराहरुको अभावमा प्रभावकारितामा कमि रहन सक्छ ।
प्रहरीलाई अझै नागरिक मैत्री बनाउन के के गर्न पर्दछ ?
जवाफःहरेक नागरिकले पनि प्रहरी सेवाको आवश्यकता र महत्व बारेमा बुझ्नु जरुरी छ । कुनै पनि देशको प्रहरी सेवा समाजमा शान्ति सुरक्षा कायम राख्न र कानून कार्यान्वयनको प्रमुख इकाईको रुपमा रहेको हुन्छ । राष्ट्रमा बिकास निर्माण र समुन्नतिका लागि प्रहरी सेवा अति आवश्यकीय सेवा हो । यहाँलेजुन प्रश्न गर्नु भो त्यसमा मेरो भनाई यस प्रकार छ कि प्रहरीलाई नागरिक मैत्री बनाउने समबन्धमा हरेक प्रहरी कर्मचारीले नागरिकहरुको सेवा गर्नु मेरो कर्तब्य हो भन्ने कुरा सदैव दिमागमा राखेर आफ्नो कार्य सम्पादन गर्नु पर्ने हुन्छ । उत्सुक्ताका साथ जनताहरुको सम्स्यालाई सम्बोधन गर्नु पर्ने हुन्छ । जनताहरुलाई न्याय दिने क्रममा सही कुराको पक्षमा रहनु पर्ने हुन्छ । जति निष्पक्षतापूर्वक प्रहरीले कार्य सम्पादन गर्दछ प्रहरी त्यत्ति नै जन मैत्री हुँदै जान्छ । अर्को कुरा प्रहरीका १००० भन्दा बढी कामहरु छन । पिडित ब्यक्ति जो सुकै पनि न्याय पाउनका लागि प्रहरीको सम्पर्कमा आएकै हुन्छ । त्यस्तो अवस्थामा प्रहरीले समस्यालाई सम्बोधन गर्नै पर्ने हुन्छ। धेरै यस्ता घटनाहरु हुन्छन जसमा प्रहरीले पिडक र पिडित दुबैलाई कार्यालयमा बोलाएर यथार्थ कुरा बुझेको खण्डमा मात्रै धेरै समस्याहरु समाधान हुने अवस्था रहन्छ । प्रहरीले यो हाम्रो काम होईन, हेर्न मिल्दैन भन्ने जस्ता कुराहरु गर्नु हुँदैन । जुनसुकै पनि समस्यालाई प्रहरीले सम्बोधन (ब्ममचभकक) गरेर जानु पर्ने हुन्छ ।
प्रहरी सेवा सामाजिक जीवनको अभिन्न अंग बनि सकेको छ । प्रहरीले नागरिकहरु संग बढी घुलमिल हुन र आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न समेतका लागि प्रहरीहरुलाई पनि च्भकत ७ च्भष्भिा को ब्यवस्थापन राम्रो हुनै पर्दछ ।प्रहरी नागरिकहरुको अति महत्वपूर्ण साथी बन्नु पर्दछ । प्रहरीलाई अझै बढी नागरिक मैत्री बनाउनका लागि प्रहरीको संख्या अझै बढाउनुपर्ने देखिन्छ । संभव भए सम्मका सामाजिक कार्यक्रमहरुमा प्रहरी सहभागि हुने बातावरण सबै पक्षबाट तयार गरिनु पर्दछ ।
प्रहरीको संरचना देशभर रहेको छ । नागरिकहरु जुनसुकै पनि घटनामा प्रहरीको सम्पर्कमा आउने हुँदा सरकारले प्रहरी सेवालाई चुस्त दुरुस्त, प्रभावकारी बनाउनै पर्छ । यदि कुनै पनि सरकारले प्रहरी प्रशासनलाई साधनश्रोत ब्यवस्था गर्ने कार्यमा उदासीनता देखाउँछ भने त्यो अवस्थामा सरकार पनि लोकप्रिय हुन सक्दैन ।
नेपाल प्रहरी बिश्व मै अनुसंधानमा राम्रो मानिन्छ तर किन केही ठुला घटनाहरुको अनुसंधान हुन सकेको छैन ?
नेपाल प्रहरीले सिमित साधनश्रोतका बावजुद अपराधको अनुसंधानमा हाँसिल गरेको उपलब्धीहरु साँच्चै नै प्रशंसनीय रहेका छन । तथापि यहाँले भने जस्तै बिगतमा घटेका केही जघन्य अपराधहरुको अनुसंधानको निरन्तरता र उपलब्धी जनता सामु ल्याउनै पर्ने हो । निर्मला हत्याकाण्ड जस्तै देशभर घटित अन्य जघन्य अपराधहरुको अनुसंधानलाई प्राथमिकतामा राखि अनुसंधान अघि बढनै पर्छ । मानसहरुले ति घटनाहरु समय संगै बिर्सिन सक्छन होला तर प्रहरीको अनुसंधान पक्षले त बिर्सने कुरा हुँदैन । गृह मन्त्रालय, खास गरी गृह मन्त्री स्वयमले पनि यस्ता गहन बिषयहरुमा चासो दिनु आवश्यक छ ।
राजनीतिबाट प्रहरी कति ग्रस्त छ, राजनैतिक दवाबलाई कसरी हटाउने ?
नेपाल प्रहरी देश भित्र शान्ति सुरक्षा कायम राख्ने समस्त नेपालीहरुको आफ्नो निकाय हो । यो संगठनलाई जति राम्रो, पारदर्शी, अनुशासित र लगनशील बनाउन सक्यो त्यत्ति नै राम्रो कार्य सम्पादन यसले गरेको हुन्छ । यसलाई राम्रो बनाउने काममा सरकारमा रहेका राजनैतिक दलका सदस्यहरुले बिशेष ध्यान दिनु जरुरी हुन्छ । प्रहरी संगठन आफैं राजनीतिकरण भएको होइन तर राजनैतिक दलका ब्यक्तिहरुले यसलाई राजनीतिकरण गरेको हो, यो देशका लागि दुःखद कुरा हो । बेला बेलामा सुन्न र देख्नमा आउँछ कि राजनीतिकरण गरिएर सरवा बढुवा, बृत्ति बिकासका अवसरहरुमा राम्रो मान्छेमा हाम्रो मान्छे (ज्बmचयmबलहभ बmयलन च्बmचयःबलहभ) प्राथमिकतामा रहेको पाईन्छ । प्रहरी संगठनले देशकालागि कार्य गरि रहेको हुन्छ । त्यसैले प्रहरी कार्य सम्पादनका लागि राम्रो मान्छेहरुलाई प्राथमिकतामा राखेर बृत्ति बिकासका अवसरहरु दिइनु पर्दछ ।
राजनीतिकर्मिले प्रहरीलाई सोध्दैमा सहीकुराकालागि अनुरोध गर्दैमा राजनितिक हस्तक्षेप भयो भन्न त मिल्दैन । राजनितिज्ञहरुले पनि कुनै घटनाका बारेमा शोध्न मिल्छ, सही सबुद, प्रमाणहरु प्रहरीलाई जानकारी गराउन मिल्छ । सोधेको बोलेको भरमा मात्रै राजनैतिक हस्तक्षेप भयो भन्न त मिल्दैन । देशको प्रहरी संगठन भनेको राष्ट्रको स्थायी सरकार अंग हो । राजनितिक पदमा आउने ब्यक्तिहरु समय समयमा परिवर्तन भई रहन्छन ।नेताले भनेको पनि छ सही कुरा पनि छ भने त राम्रो पनि हो, त्यसरी गरेको कामलाई हस्तक्षेप भन्न मिलेन । तर यदि कसैले नहुने नमिल्ने कुरा गर्छ भने सम्बन्धित प्रहरी कर्मचारीले त्यस्तो गर्नु पर्ने कुनै बाध्यता रहँदैन । प्रहरीले गर्न नमिल्ने कुरालाई मिल्दैन पनि भन्न सक्नु पनि पर्छ । प्रहरी कर्मचारीहरुले आफु पदमाभएको कारणले पदीय अधिकारको दुरुपयोग भने गर्न मिल्दैन । प्रहरी नियम कानून बमोजिम अगाडी बढनु पर्छ । प्रहरीले सत्य तथ्य पत्ता लगाउनु पर्छ र सत्य कै पक्षमा प्रहरी रहेको पनि हुनु पर्छ ।
प्रहरीले सरुवा बढुवामा आफ्नो चेन अफ काण्डमा रहनु पर्नेमा सोहीकामका लागि नेताहरुका घर धाउने अवस्था कसरी आयो ?
जवाफः स्पष्ट मापदण्ड (ऋचष्तभचष्यल) राखेर निष्पक्षतापूर्बक सरुवा बढुवा गर्ने हो भने यो सम्सया आउँदैन । जुनसुकै संगठनमा पनि सर्बप्रथम जनशक्तिको छनोट (क्भभिअतष्यल), तत्पशचात प्रशिक्षण÷तालीम (ःबपष्लन), अनि संगठनमा त्यो जनशक्ति लाई ब्यवस्थित (प्भभउष्लन) गरिनु प–यो । सोही कालमा कार्य सम्पादनमा जनशक्ति खटाउने कार्य (ग्कष्लन) हुन्छ । यो एचयअभकक हरु हरेक कर्मचारीको सेवा अवधिभर लागु रही रहन्छ । प्रत्येक कर्चारीले संगठनमा रहँदाको समयमा गरेको कार्य सम्पादन मुल्याँकन त्चबलकउबचभलत ७ ँबष्च हुनु पर्दछ ।
कुनै पनि कर्मचारीको कार्य सम्पादन मुल्याँकनको पक्ष कमजोर देखियो भने के कमजोरी छ सो को सुधारका लागि सम्बन्धित कर्मचारीलाई सुपरिवेक्षकले अनिवार्य जानकारी गराउने ब्यवस्था हुनु पर्दछ । कर्मचारीले पनि आफुले गरेको काम र सो को स्तार बारे जानकारी होस । सरुना र बढुवाको मापदण्ड (ऋचष्तभचष्यल) स्पष्ट गरि दिएको र सोही नीति बमोजिम सरुवा बढुवा गर्दा कुनै नेताको घर धाउने स्थिति नै रहँदैन । यसका लागि प्रहरी नेतृत्व, रणनीतिक तहका सबै अधिकृतहरु र गृह मन्त्रालय समेतको प्रतिबध्दता चाहिन्छ ।
प्रदेश प्रहरीको गठनले गर्दा समग्रमा प्रहरी संगठन नै कमजोर हुन जाने देखिन्छ यसका लागि के गरिनु पर्छ ?
जवाफः पहिलो कुरा नेपालको परिप्रेक्षमा प्रदेश संरचना राखिनु नै ठिक छैन । यो कुरा मैले मात्र भनेको हैन समस्त बिद्वान बर्गले यही भनि रहेका छन । दोस्रो कुरा प्रशासन (ऋम्इ) संघीय हुने,शसस्त्र प्रहरी संघीय हुने अनि नेपाल प्रहरीलाई प्रदेश संरचनामा लैजानु पर्ने कारण चाँहि के ? यो बारेमा कसले अन्वेषण (च्भकभबचअज) गरेको छ र च्भकभबचअज ँष्लमष्लनक के छन त ? आपसमा बसेर कुरा गरेको भरमा वा कसैको हचुवा सल्लाहको भरमा सम्बन्धित मन्त्रालय वा निकायहरुले पनि स्वीकार गर्नु हुँदैन । यसमा ब्यापक अन्बेषण (च्भकभबचअज) गरेर जे ँष्लमष्लनक आउँछ सो आधारमा मात्रै कस्तो संरचना बनाउने सो तय गरिनु पर्दछ ।
राम्रो र प्रभावकारी प्रहरी सेवाका लगि अन्य केही सुझाव छन् ?
जवाफःकामको चाप र दिनानुदिन घटने घटनाहरुमा परिचालन हुनका लागि प्रहरीको हालको जनशक्तिले नभ्याएको अवस्था देखिन्छ । यसका लागि यदि प्रहरी सेवा सबै प्रकारका कार्यहरुमा प्रभावकारी रुपले परिचालन गर्ने हो भने यसको जनशक्तिमा बढोत्तरी गरिनु नितान्त आवश्यक भै सकेको छ । हाल कै नेपालको प्शासनिक संरचना अनुसार पनि प्रत्येक पालिका (७५३) मा ईलाका प्रहरी कार्यालय र देशभरका ६७४३ वडा, प्रत्येकमा प्रहरी चौकी अनिबार्य रुपमा राख्नु पर्ने देखिन्छ ।
प्रहरीलाई अपराधको अनुसंधान दैनिक शान्ति सुरक्षा अमन चयन कायम राख्नका लागि पर्याप्त साधनश्रोतको ब्यवस्थापन हुनु जरुरी छ ।
प्रहरीलाई च्भकभबचअज, तालीम र परिचालनका लागि पर्याप्त बजेटको ब्यवस्था गरिनु पर्ने आवश्यकता छ । गृह मन्त्रालय र मन्त्री परिषदले यसको खाँचोको मर्म बुझेनन भने प्रहरीको प्रभावकारिता कसरी बढन सक्छ । प्रहरीको सेवा सुबिधा, बृत्ति बिकास, सरुवा बढुवा स्तरोन्ति आदि पक्षहरुलाई बढी बैग्यानिक र प्रहरी सेवालाई अझै बढी प्रभावकारी बनाउन “प्रहरी सेवा आयोग” को स्थापना गरिनु पर्छ ।