Advertisement GIF
कल्पवृक्ष
२९, शनिबार || ४:४० अपराह्न
 नेप्से बिहीबार ३३ दशमलव ४२ अंकले घट्यो

काठमाडौँ । सेयर बजार नेप्से बिहीबार ३३ दशमलव ४२ अंकले घटेको छ ।

बुधबार झण्डै ४६ अंकले बढेको  सेयर बजार साताको अन्तिम दिन बिहीबार ३३ दशमलव ४२ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २६८२ दशमलव २९ अंकमा झरेको छ । बिहीबार बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

समग्र बजार घट्दा बिहीबार बजारका २०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४० कम्पनीको मूल्य बढ्दा बिहीबार कुनै पनि कम्पनीको मूल्य स्थिर बसेको छैन । बजारमा बिहीबार उत्पादनमूलक र म्युचुअल फण्ड समूहमा सामान्य वृद्धि बाहेक अन्य समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट फाइनान्स समूहमा २ दशमलव ६४ प्रतिशतले भएको छ ।

बिहीबार बजारमा जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले घट्दा त्रिशूली जलविद्युत् कम्पनीको सेयर ८ दशमलव ५५ प्रतिशतले बढेको छ ।