कल्पवृक्ष / काठमाडौं
भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट गर्नु भएको छ । प्रधान सेनापति सिग्देलले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गर्नु भएको छ ।
प्रधान सेनापतिले भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाएर वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ । सेनापतिको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।