Advertisement GIF
कल्पवृक्ष
पुस १ सोमबार, ३:२७ अपराह्न
प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

-कल्पवृक्ष/काठमाडौं

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहनु भएका प्रधान सेनापति अशोकराज सिग्देल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुनु भएको छ । प्रधान सेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

भारत भ्रमणको क्रममा प्रधान सेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु भएको थियो ।
प्रधान सेनापति सिग्देलले भारतका माननीय रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको थियो ।