Advertisement GIF
बाजुरामा मध्यराति जिप दुर्घटना : पाँच जनाको ज्यान गयो

-कल्पवृक्ष/काठमाडौं

हिजो (बुधबार) मध्य रात करिव ११ बजे बाजुराको नलगाड नगरपालिका–५ कालीबाटीबाट ३ नम्बर वडाको करुवा जाँदै गरेको ग३च ९८४५ नम्बरको बोलेरो जिप कैना– कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।