Advertisement GIF
कल्पवृक्ष
२९, शनिबार || ४:३४ अपराह्न
बीमा प्राधिकरणको अध्यक्षमा मदन दाहाल नियुक्त

-कल्पवृक्ष/काठमाडौं

नेपाल बीमा प्राधिकरणका अध्यक्ष्। मदन दाहालले प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाल्नु भएको छ ।यसअघि आजै अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यक्ष दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । नेपाल सरकारले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्ष भएर कामकाज गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिइएको हो ।

अध्यक्ष दाहाल अर्थ मन्त्रालयका सहसचिव तथा प्राधिकरणका संचालक समितिका सदस्य समेत हुनुहुन्छ । कार्यभार सम्हाल्नु हुँदै प्राधिकरणका अध्यक्ष दहालले आफ्नो पहिलो प्राथमिकता चाँडै नै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्ने र दोस्रो प्राथमिकता प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति रहेको जानकारी दिनुभयो ।

अध्यक्ष दाहाालले प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर कामगर्न र आ–आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै आफूले सकेसम्म दीर्घकालीन प्रभाव पर्ने कुनै काम नगर्ने स्पष्ट गर्नुभयो ।

अध्यक्षदहालले भन्नुभयो, “बीमितहरू मर्कामा परेका मुद्दाहरूको फछ्र्यौटलाई प्राथमिकता दिनुपर्छ, बीमितको हकहितको संरक्षण गर्ने र बीमा गर्दा राम्रो हुन्छ भन्ने विश्वास नागरिकम ाजगाउने गरी काम गर्नुपर्छ, बीमकहरूको समस्या समाधान र बीमा क्षेत्रको विकास एवम् विस्तारमा ध्यान दिनुपर्छ ।”
यसअघि, अध्यक्ष दाहाल प्राधिकरणमा आउनु हुँदा उहाँलाई प्राधिकरणका निर्देशकलगायत कर्मचारीले खादा, माला र पुष्पगुच्छाले स्वागत गरेका थिए ।

यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाल उमेर विवादका कारण मुद्धा परेपछि स्वत निलम्बनमा परेका थिए । जसकै कारण प्राधिकरण अध्यक्ष विहीन भएको थियो ।