Advertisement GIF
भारतबाट प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधि

-कल्पवृक्ष/ काठमाडौं

भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथीको उपाधि प्रदान प्राप्त भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा बिहीवार (आज) भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानपति सिग्देललाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा मंसिर ३५ गते नयाँ दिल्ली गएका प्रधानसेनापतिलाई बिहीवार मानार्थ महारथीको दर्ज्यानी चिन्हले सुशोभन गरिएको हो ।