Advertisement GIF
कल्पवृक्ष
पुस ५ शुक्रबार, ८:५७ पूर्वाह्न
रविको तस्वीर सार्वजनिक: छानबिन समिति गठन

कल्पवृक्ष: काठमाडौं
कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविशरण लामिछानेको हिरासतमै रहेको तस्वीर सार्वजनिक प्रकरणले ठूलो रुप लिएको छ । जसलाई राज्यले संवेदनशील भन्दै छानविनका लागि समिति नै गठन गरेको छ । प्रहरीको गण्डकी प्रदेश तालिम केन्द्रका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा चार सदस्यीय समिति गठन हो ।
हिरासतको कोठामा लामिछाने सिरक ओढेर सुतिरहेको तस्बिर बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कसरी बाहिर आयो भन्ने बहस बिहीबार सुरु भएको थियो ।
गृहमन्त्री रमेश लेखकले यो प्रकणको कडा रुपमा छानविन गरेर दोषीलाई कारवाही गर्न प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई निर्देशन दिएपछि समिति बनेको हो । समितिका अन्य ३ जनाको नाम भने खुलाइएको छैन ।