Advertisement GIF
कल्पवृक्ष
पुस २ मंगलबार, ९:२७ अपराह्न
रवि लामिछाने थप चार दिन हिरासतमा बस्ने

-कल्पवृक्ष/काठमाडौं

सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

गत कात्तिक २ गते राजधानी काठमाडौंबाट पक्राउ परेका लामिछाने तीन महिना हिरासतमा बसिसकेका छन् । उनको मुद्धा पेचिलो बन्दै गएकोले उनी छुट्ने सम्भावना अति कम देखिन्छ ।

८ वर्षको समयमा उनी र उनकी श्रीमति निकिताले २९ करोड रुपैयाँबढी आर्थिक कारोबार गरेको प्रहरीले प्रमाण जुटाइसकेको छ । जसका कारण उनी सम्पत्ति सुद्धिकरणमा पनि सजायँको भागी बन्ने प्रहरी अधिकारीहरुको भनाइ छ ।