Advertisement GIF
शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त हो : गृहमन्त्री लेखक

-कल्पवृक्ष/काठमाडौं

गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताउनु भएको छ । मंगलबार रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

“लोकतन्त्रको पहिलो सर्त शान्ति सुरक्षा हो । हामीले शान्ति सुरक्षा दिन सक्यौं भने नागरिकले निर्वाध रुपमा आफ्ना मौलिक हकको उपयोग गर्नुहुन्छ । संघीय लोकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा , सुशासन र विकासको ग्यारेन्टी हुन्छ,“ गृहमन्त्री लेखकले भन्नुभयो । लुम्बिनी प्रदेशको विशेष महत्त्व रहेको उहाँको भनाइ छ ।

“हाम्रो धार्मिक, सांस्कृतिक मात्र होइन विश्व शान्तिको जोति छर्ने ठाँउ हो“ उहाँले भन्नुभयो । गोष्ठीहरु औपचारिकतामा सीमित हुने गरेको भन्दै गोष्ठी उपलब्धिमुलक र प्रभावकारी हुनुहुनुपर्ने गृहमन्त्री लेखकले बताउनु भयो ।

यस्तै वर्तमानमा संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हकअधिकार र संविधानको कार्यान्वयन हाम्रो जिम्मेवारी भएको उहाँले बताउनु भयो ।
“हाम्रो संविधानमा नागरिकका ३२ वटा मौलिक हक छन् । त्यसको प्रत्याभूत गराउने काम हाम्रो हो । यसका लागि शान्ति सुरक्षाको कुरा आउँछ“ गृहमन्त्री लेखकले भन्नुभयो । लुम्बिनी प्रदेशमा राजश्व चुहावट भइरहेको सुन्नमा आएको भन्दै गृहमन्त्री लेखकले सीमानमा हुने तस्करी तुरुन्त रोक्नु निर्देशन दिनुभयो ।

‘सीमापार अपराधको नियन्त्रण हुनुपर्याे । यो परिणाम देखिने गरि काम हुनुपर्छ,“ उहाँले भन्नुभयो, “लागू औषधको नियन्त्रण, आत्महत्या र सडक दुर्घटना न्युनीकरण गर्नु होला ।’

साइवर अपराध र वित्तीय अवरुद्ध बढेको भन्दै नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति हुनुपर्ने गृहमन्त्री लेखकले बताउनुभयो । यस्तै फरक प्रसंगमा कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनेको भन्दै यो समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेको बताउनुभयो ।

“सरकार बन्नेवित्तकै सरकार ढल्छ भन्ने र मन्त्री बन्ने वित्तिकै मन्त्री हट्छन भन्ने हल्ला चलाइन्छ । यो समीकरण ८४ सालसम्मै जान्छ,“ उहाँले भन्नुभयो ।