Advertisement GIF
कल्पवृक्ष
२८, शुक्रबार || ११:२२ अपराह्न
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

-कल्पवृक्ष

मोरङ । सुनसरीको धरानमा श्रीमतीको हत्या गरेको आरोपमा शुक्रबार श्रीमान पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका २ पुरानो बजार डेरा गरी बस्ने भोजपुर अरूण गाउँपालिका ६ जरायोटारका ३७ वर्षीय अमृत रसाइलीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले २८ वर्षीया श्रीमती सम्झना रसाइलीको हत्या गरेको आरोप छ। अमृतले वादविवादको क्रममा खुकुरी प्रहार गर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धान जारी छ ।