Advertisement GIF
कल्पवृक्ष
चैत्र ७ बिहीबार, ३:११ अपराह्न
स्ववियूमा नेविसंघ हाबी, अनेरास्ववियु दोस्रो

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावमा नेपाली काङ्ेसको भातृ संगठन नेपाल विद्यार्थी संघ हाबी भएको छ ।

उसले १ सय ९ वटा क्याम्पसमा नेतृत्व पाउन सफल भएको हो भने दोस्रोमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रहेको छ । अखिलले ९१ क्याम्पसमा नेतृत्व पाएको छ । यस्तै माओवादी केन्द्रको निकट अखिल क्रान्तिकारीले ८३ क्याम्पसमा नेतृत्व पाउन सफल भयाो ।

यसअघि अखिलले स्ववियू निर्वाचनमा ठूलो शक्ति देखिएको थियो । अहिले भने नेविसंघ पहिलोमा पुग्यो भने अखिल क्रान्तिकारीले राम्रो छलाङ मारेको छ । केही क्याम्पसमा स्वतन्त्र उमेद्वार वियजी भएका छन् ।