Advertisement GIF
कल्पवृक्ष
चैत्र २३ शनिबार, १:०४ अपराह्न
दाङको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणबहिर

दाङको घोराही उपमहानगरपालिका– ९, खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन ।  विद्युत सर्ट भएर सुरु भएको आगगालीले करोडौं क्षति भइसकेको बताइन्छ । ८ बिघाह जमिनमा फैलिएको उद्योगले तयार गरेको प्लाई, कच्चा पदार्थ जलिरहेको छ ।

उद्योगआसपासमा रहेका ३० घर जोखिममा रहेका र त्यहाँका बासिन्दालाई बाहिर सुरक्षित स्थानमा सारिएको छ । जिल्लाको सेना, प्रहरी, सशस्त्रसमेत दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयासमा जुटेका छन् ।

सोमबार बिहान २ बजे सुरु भएको आगो नियत्रण गर्न घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।