जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकता हुने भएको छ । एकताका लागि केही समयको प्रक्रिया औपचारिक रूपमा टुङ्गिएको हो । एकीकरण भएको पार्टीको नाम नागरिक जनमत पार्टी र यसको अध्यक्ष सिके राउत, सहअध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी रहने हुनु भएको छ । पार्टीको चुनाव चिह्न ढकिया रहने सहमति भएको बताइन्छ । पार्टी एकीकरणको घोषणा भने केहीदिनपछि गरिनेछ ।
एकीकरणपछि जनमत र नाउपा तराई तथा मधेसमा केन्द्रित एक प्रमुख दलको रूपमा देखिने छन् । जनमत पार्टीले हाल प्रतिनिधिसभामा ६ जना र नाउपाका ४ गरी १० सदस्य रहेका छन् ।