राजधानी काठमाडौंको कालोपुल क्षेत्रमा अवैध रुपमा बनाइएका संरचना काठमाडौं महानगरले डोजर चलाएर भत्काइरहेको छ । आज (सोमवार) गुठीको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा चल्यो डोजर चलाइएको हो ।
गुठी संस्थानका प्रवक्ता हरिप्रसाद सुवेदीका अनुसार धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका थिए । गुठी र महानगरको समन्वयमा डोजर चलाएर संरचना भत्काइएको हो ।