Advertisement GIF
कल्पवृक्ष
चैत्र १२ मंगलबार, २:२४ अपराह्न
सयबढी प्रहरले लिए कठिन कमाण्डो तालिम

नेपाल प्रहरीमा कठिन मानिने कमाण्डो तालिम एक सय पाँच जना प्रहरीले प्राप्त गरेका छन् । उनीहरुले नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, नवलपरासी पश्चिममा प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम लिएका हुन् ।

यो तालिमको दशौं समूहमा प्रहरी निरीक्षक ६ जना, सहायक निरीक्षक १५ जना र जवान ८४ जनाले लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तालिमको समापन प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गर्दै उत्कृष्ठ हुनेलाई प्रशंसापत्र वितरण गरे ।