ट्रङक र डेडिकेटेड लाइन महसूलदेखि राजश्व हिनामिना, अघोषित लोडसेडिङ, मोफसलको विजुली काटेर राजधानीवासीलाई
जस्ता विषयमा विवादमा पर्दै आएका नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कूलमान घिसिङलाई सरकारले हटाएको छ । उनको ठाउँमा चारवर्षअघि हटाइएका हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।
जसरी हितेन्द्रलाई हटाएर कूलमानलाई तत्कालीन सरकारले ल्याएको थियो, त्यसरी नै कूलमानलाई पनि हटाइएको हो । कूलमानको चारवर्षे कार्यकाल आगामी साउनसम्म रहेको थियो ।