नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ओह्रालो यात्रा आज (मंगलवार) पनि जारी रह्यो । नेप्से सूचक ५८ दशमलव ०५ अंकले घटेर २५८२ दशमलव ७३ विन्दुमा झरेको हो । अघिल्लो साता ६ दिन निरन्तर घटेको बजार सोमवार भने ३० दशमलव ५२ अंक अर्थात १ दशमलव १६ प्रतिशतले बढेको थियो ।
सोमवार चार अर्ब ४८ करोडको सेयर कारोबार भएकोमा मंगलवार पाँच अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ। केहीअघि सूचक ३ हजार विन्दुमा पुगेको थियो । पछिल्लो समय सूचक निरन्तर घटनेक्रममा छ । सरकारले वजेट निर्माणको तयारी गरिरहेको समयमा घाटा वजेट आउने चर्चासितै र देशको आर्थिक अवस्थाका सूचकहरु सकारात्मक नदेखिएका कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण घट्दोक्रममा रहेको बताइन्छ ।