Advertisement GIF
कल्पवृक्ष
चैत्र १३ बुधबार, ८:४२ पूर्वाह्न
टीआरसीमा पुरानै पात्र

सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) मा पुरानै टिम सिफारिस भएको छ । सरकारले गठन गरेको यो टिममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अमेरिकाका पूर्व राजदूत डा अर्जुनबहादुर कार्की र स्टेला तामाङ रहेका छन् ।

सरकारले गठन गरेको संक्रमणकालीन न्यायको कामकारबाही अघि बढाउन सिफारिस समितिमा उनीहरुलाई जिम्मेवारी दिएको हो । यसअघि पनि उनीहरु नै रहेका थिए । यसअघिको समितिमा मानव अधिकार आयोगले सदस्य मनोज दवाडीलाई पठाएको थियो । यसपटक भने आयोगले पठाइसकेको छैन । दवाडी नै समितिमा आउने आङ्कलन गरिएको छ ।