Advertisement GIF
कल्पवृक्ष
चैत्र १३ बुधबार, ८:५७ पूर्वाह्न
त्रिचन्द्र क्याम्पस : फेरि बिथोलियो स्ववियु निर्वाचन

त्रिचन्द्र बहुमुखी क्याम्पसमा आज (बुधबार) हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव फेरि बिथोलिएको छ । निर्वाचन समितिले मतदानका लागि सहज वातावरण नभएको भन्दै चुनाव नगर्ने निर्णय स्थगित हुने जनाएको हो ।

अब सरोकारवाला माथिल्ला निकाय त्रिवि केन्द्रीय कार्यालयसमेतसित छलफलपछि मतदानको मिति र समय निर्धारण हुने बुझिएको छ । यही चैत ५ गते हुनुपर्ने निर्वाचन मतपत्रमा गोलाप्रथा वा दर्ताका आधारमा राख्ने भन्ने विवादबीच रोकिएको थियो ।