पाँचथरको कुम्मायक गाउँपालिकाको एक निजी वनमा लागेको डडेलोमा परेर एक जनाको मृत्यु भएको छ । चार जना घाइते छन् । घाइतेहरुको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
डडेलोमा घाईते भएकी जिल्लाको कुम्मायक गाँउपालिका–३, ताम्राखुकि २२ बर्षिय प्रतिमा सम्बाहाफेको मृत्यु भएको हो । घाइतेहरुको उपचारका लागि धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनेक्रममा प्रतीमाको धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको हो । घाँस काट्न गएका उनीहरु तलबाट आएको डढेलोबाट भाग्ने स्थान नहुँदा जलेका थिए ।
डडेलोमा २८ वर्षीया सविना सम्बाहाफे, ११ वर्षीया शिवाना सम्बाहाफे र ६० वर्षीया निरमाया सम्बाहाफे गम्भीर घाइते भएका हुन् । स्थानीय ३१ बर्षिय खगेन्द्र बिश्वकर्मा डढेलो निभाउन गएकोमा उनी लडेर घाइते भएका छन् ।