Advertisement GIF
कल्पवृक्ष
चैत्र २३ शनिबार, १२:४३ अपराह्न
पाँचथरमा डडेलो : दुई जनाको मृत्यु

चेतन घिमिरे / पाँचथर

पाँचथर जिल्लाको कुम्मायक र फिदिम नगरपालिका– १३ र १४ को सीमामा लागेको डढेलोमा परेर दुई जना महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा कुम्मायक गाँउपालिका–३ कि २२ वर्षीय प्रतीमा सम्बाहाम्फे र फिदिम नगरपालिका– १४ कि ४७ वर्षीय उषा नेम्बाङ राई रहेका छन् । सम्बाहाम्फेको उपचारका लागि धरान लादै गर्दा धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको हो । उनी पालिकाको ताम्राखु भन्ने जंगलमा लागेको आगोमा परेर घाइते भएकी थिइन् ।

यस्तै, फिदिम नगरपालिका– १३ र १४ को सीमानाको वनमा लागेको डडेलोमा परेकी उषा नेम्बाङ राईको पनि उपचारको लागी काठमाडौं लानेक्रममा बाटोमा मृत्यु भएको हो । यी दुई स्थानमा भएको डढेलोमा परेर ६ जनाभन्दा बढी घाइते भएका छन् ।