Advertisement GIF
कल्पवृक्ष
चैत्र २२ शुक्रबार, १२:११ अपराह्न
दक्षिण कोरिया : राष्ट्रपति सुक योलको पद गयो

दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योल पदबाट बर्खास्त भएका छन् । गत वर्षको अन्त्यमा मार्शल ल घोषणा गरेपछि उनलाई संसदले महाभियोग लगाएको थियो । शुक्रबार संवैधानिक अदालतले उनिमाथि लगाइएको महाभियोग सदर गरेसँगै उनी पदबाट बर्खस्त भएका हुन् ।

फैसला सुनाउँदै अदालतले योलले आफ्नो संवैधानिक कानुन नाघेको उल्लेख गरेको छ । उनले जनताको मौलिक अधिकारमा अतिक्रमण गरेको, आफ्नो संवैधानिक कर्तव्य त्यागेको र जनतालाई गम्भीर धोका दिएको अदालतले उल्लेख गरेको छ ।

अनि योलको उक्त गैरकानुनी र असंवैधानिक आचरण संविधानअन्तर्गत सैह्य नहुने पनि अदालतले भनेको छ । अदालतले फैसला सुनाएसँगै धेरैले खुसीयाली मनाएका थिए । यता योलका समर्थकहरू भने अधिकांश वृद्धवृद्धाहरू थिए ।