Advertisement GIF
कल्पवृक्ष
चैत्र २३ शनिबार, १२:४१ अपराह्न
दुर्गा प्रसाईं भारत पुगे : भाग्न चढेको गाडी इटहरीमा

चेतन घिमिरे / पाँचथर

राजा ल्याउने नाममा राजधानी काठमाडौंमा यही चैत १५ गते भएको हिंसात्मक प्रदर्शनपछि बिवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं चढेर भागेको गाडी सुनसरीको इटहरीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । त्यो गाडी अहिले काठमाडौं ल्याइएको छ । प्रसाईँ भने भागेर भारत पुगेको प्रहरीको उच्च स्रोतले कल्पवृक्षलाई बताएको छ ।

प्रसाईँ बिएबी ४२०८ नम्बरको एसयुभी गाडीमा चढेर राजधानीबाट बाहिरिएका र यो गाडी इटहरीमा प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

पूर्वराजा ल्याउने नाममा आन्दोलनको संयोजक बनेका प्रसाईँले आफ्ना शुभेच्छुकहरुलाई उकास्दै सुरक्षाकर्मीसमेतलाई किच्ने हिसावमा गाडी गुडाएपछि सुरक्षाकर्मी गाडीलाई बाटो छोड्न वाध्य भएका थिए । त्यसपछि भएको हिंसात्मक कृयाकलापपछि उनी नजिकैको एक सटरमा लुकेका र अवस्था सहज भएपछि तीनकुने क्षेत्रबाट फरार भएका थिए । उनी अहिले भारतमा रहेका नेपालमा उनलाई गोली हान्ने आदेश सुरक्षा निकायले पाएकोले आफू भागेर भारत गएको सामाजिक सञ्जालमा लेखेका छन् ।