चेतन घिमिरे / पाँचथर
नेपाल बार एशोसिएशनको २७ औं केन्द्रीय कार्यसमिति चुन्न निर्वाचन सुरु भएको छ । आज (शनिवार) बिहान ८ बजेदेखि मतदान भइरहेको छ । मतदान मध्यान्न ४ बजेसम्म हुनेछ ।
बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ।
डा मिश्रको समूहबाट महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेले उमेद्दवारी दिएका छन् । यो निर्वाचनमा निर्वाचित हुने २५ जना कार्यसमितिका लागि ५७ जनाको उम्मेद्वारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिरसमेत ३६ वटा मतदान केन्द्रमा भइरहेको छ ।