राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । यो शक्ति प्रदर्शनलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यबाहक संयोजक प्राडा जगमान गुरुङले समर्थन गर्ने बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह पनि गरेका छन् ।
गत १५ गते राजधानीकै तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको हिंसात्मक कृयाकलापका कारण २ जनाको ज्यान गएको र एक सयबढी घाइते भएका थिए । त्यसपछि विवादमा मुसिएका राजावादीहरुले हिन्दु राष्ट्र र राज संस्था पुनर्वहालीको मुद्धालाई अघि बढाउन र गिरेको साख जोगाउन शक्ति प्रर्दशन गर्न लागेको बुझिएको छ ।