Advertisement GIF
कल्पवृक्ष
चैत्र २६ मंगलबार, १२:४७ अपराह्न
भारतीय प्रहरीलाई अनुमतिबेगर अन्य देशमा नजान कडा निर्देशन

नेपालमा केहीअघि भारतीय प्रहरी पक्राउ परे । उनीहरु पक्राउ परेपछि भारत सरकारको आग्रहमा छुटाइयो पनि । यसको असर भारतको गृहमन्त्रालयमा प¥यो र मन्त्रालयले आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो ।

केही साता अघि पञ्जाब राज्यको प्रहरी सम्मिलित टोली कथित अपराधीलाई पक्राउ गर्न भनेर काठमाडौँ आएको थियो । उक्त टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भारतको केन्द्र सरकारले गरेको आग्रह अनुसार उक्त टोलीलाई नेपाल सरकारले रिहा गरेको पृष्ठभूमिमा भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना राज्यहरूलाई सर्कुलर जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कुनै पनि अनुसन्धानका लागि विदेशी भूमिमा जानु परेमा अनिवार्य रूपमा अनुमति लिन केन्द्रीय गृह मन्त्रालयले भारतका सबै राज्यलाई सर्कुलर गरेको हो । विदेशी भूमिमा कुनै ‘मिसन’ का लागि जानुअघि आवश्यक अनुमति लिन पनि भारतको केन्द्रीय गृह मन्त्रालयले भनेको छ ।