राजधानी काठमाडौंको तीनकुनेमा विवादित पात्र दुर्गा प्रसाईँको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ पर्नेको संख्या ७३ पुगेको छ। यी पक्राउ परेकाहरु लुटपाटदेखि चोरीमा पनि संलग्न थिए ।
घटना भएको १२ दिनसम्ममा ७३ जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले त्यस घटनामा संलग्नको आशंकामा भिडिओ, फोटो, सिसिटिभी फुटेजलगायतका आधारमा पक्राउ गर्दै आइरहेको छ । पक्राउ परेकामध्ये २० जनाविरूद्ध राज्यविरूद्धको कसुर र अन्यलाई अपराधिक उपद्रवको मुद्धामा पक्राउ गरिएको हो ।
यो हिंसात्मक घटनामा २ जनाको मृत्यु र एक सयबढी घाइते भएका थिए ।