Advertisement GIF
– मिशेल्मी माखिम
– मिशेल्मी माखिम
चैत्र २८ बिहीबार, १२:२५ अपराह्न
कथा : पुतली

– मिशेल्मी माखिम

एकादेशमा एउटा केटा थियो । ऊ वन जंगलमा गएको थियो । ऊ पुतली हेरेर बसेको थियो । त्यसपछि पुतली रुखभित्र गयो । त्यो केटा छक्क परेर पुतलीसित गयो । अनि, केटा पुतली गएको ठाउँमै गयो । पुतलीसित खेलेर बसेको थियो । रात परेपछि ऊ पुतलीलाई छोडेर घर कुदेर आयो ।

त्यसको भोलिपल्ट फेरि त्यो केटा पुतली भएको ठाउँमै गयो । त्यसदिनदेखि त्यो केटा दैनिक पुतली भएको ठाउँमै जान थाल्यो । त्यो केटाले कहिलेकाहिँ आफ्ना साथीहरुलाई बोलाएर पनि पुतलीसित खेल्न लाने गरेको थियो । यिनीहरु यसरी नै रमाएर बस्ने गरेका थिए ।