Advertisement GIF
कल्पवृक्ष
चैत्र २९ शुक्रबार, १२:०६ अपराह्न
पक्राउ परे दुर्गा प्रसाईं : झापाबाट काठमाडौं ल्याइँदै

भारतमा पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइँदै छ । यही चैत १५ गते राजवादीले गरेको आन्दोलनमा हिंसात्मक गतिविधिपछि उनी भागेर भारत पुगेका थिए । भारत प्रहरीको सहयोगमा भारतको आसामबाट पक्राउ परेका उनलाई भद्रपुर विमानस्थलबाट राजधानी ल्याइँदै गरेको हो ।

चैत १५ को घटनामा २ जनाको ज्यान गएको थियो भने सयबढी घाइते भएका थिए । यो प्रकरणमा प्रहरीले अहिलेसम्म ८० जनालाई पक्राउ गरिसकेको छ । अब प्रसाईँसमेत पक्राउ पर्नेको संख्या ८१ जना पुगेको छ ।