वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर नभएपछि निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उनी सोमबार बिहान कारागारबाट छुटेका हुन् ।
उच्च अदालत पाटनले उनलाई आइतबार वैवाहिक बलात्कार कसुरमा सफाइ दिएको हो । न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठले उनलाई सफाइ दिएका हुन् । यसअघि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले २०८१ जेठमा उनलाइ दोषी ठहर गरेको थियो ।