स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि ओपनरले राम्रो ब्याटिङ गर्दै नेपालले आईसीसी यू १९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकालेको हो । ११८ रनको लक्ष्य नेपालले १४ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । निरज यादवले ४६ तथा साहिल पटेलले ४४ रन बनाए । ओमानका सौम्या भविनले २ विकेट लिए ।