Advertisement GIF
कल्पवृक्ष
वैशाख ५ बिहीबार, १२:१० अपराह्न
पश्चिममा ठूलो वर्षा, उडानहरु प्रभावित

देशको पश्चिम क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङसहित ठूलो वर्षा भइरहेको छ । रुकुमपश्चिमको सदरमुकाम मुसिकोट, सल्यानको सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ र आसपासका क्षेत्रमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पानी परिरहेका जिल्लामा डम्म कुहिरोसमेत लागेकाले भिजिबिलिटी कम छ । खराब मौसमका कारण आज बिहान पश्चिम नेपाल केही एयरपोर्ट हवाई उडानसमेत प्रभावित भएको थियो । धेरै उडानहरु डाइभर्ट गरिएका छन् ।