राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । पार्टी सभापति रविशरण लामिछाने सहकारीको रकम ठगीमा मुसिएपछि उनले राजीनामा दिएको स्रोतहरुको भनाइ छ ।
पार्टीको केन्द्रीय कार्यसमिति वैठक बस्ने भएकोले यो राजीनामाको विषयमा पनि छलफल हुने बुझिएको छ । सुमनाले भने पार्टीमा एक पद, एक व्यक्तिको नीति भएकोले आफू संसदमा सक्रिय हुनु पर्नाले राजीनामा दिनु परेको बताएकी छन् ।