यो वर्ष विगत वर्षका तुलनामा पानी धेर पर्ने भएपनि तातो पनि अधिक हुने अनुमान गरिएको छ । मनसुनको समयमा पानि धेरै पर्ने र तापक्रम पनि ढ्ने भएको दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च (सास्कोफ) को बैठकले यस्तो अनुमान गरेको हो ।
भारतको पुणेमा अप्रिल २८ देखि ३० सम्म सास्कोफको ३१औं बैठक भएको थियो । सास्कोफमा दक्षिण एसियाका नौ देश नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान र म्यानमारका मौसमविद्हरु र अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी थिए ।
यो वैठकबाट विश्व मौसम संगठन, भारत मौसम विभाग र अन्य क्षेत्रीय तथा विश्वव्यापी मौसम निकायहरूका विज्ञहरू समेतले २०२५ को मनसुनबारे सामूहिक पूर्वानुमान तयार गरेका हुन् ।