व्यवसायमा राम्रो वातावरण छैन । सरकारको पक्षबाट कुनै सहयोग छैन । सामान उधारोमा बिक्री गर्नु पर्छ । समयमा पैसा आउँदैन । सरकारको तर्फबाट पनि सहयोग मिलेको छैन । जस्तै गाडीमा तरकारी बिक्री गर्न जानुपर्दा ट्राफिकले गाडी चल्न दिन्न । यस्ता समस्या धेरै छन् । सामान्य रुपमा दैनिक उपभोग्य तरकारीजस्तो चिजलाई बिक्री गर्न निर्वाध रुपमा दिनु पर्नेमा सरकारले नै तरकारी बोक्ने गाडीलाई विहान ९ बजेदेखि ११ बजे र त्यसपछि ३ बजेदेखि ७ बजेसम्म गुड्न नै दिन्न । यस्ता समस्या दैनिक उपभोग्य समान ढुवानीमा लगाउनु हुन्न भन्ने लाग्छ ।

राजधानीका सामान्य उपभोक्तादेखि स्टार होटरसम्म तरकारी आपूर्ति गर्दै आउनु भएकाी रञ्जना कार्की सिन्धुली नगरपालिका वडा ४ मा २०३७ साल असार २४ गते जन्मनु भयो । बुवा लोकवहादुर र आमा कृष्णकुमारीका सन्तानका रुपमा जन्मनु भएकी उहाँ अहिले राजधानीमा गाडीबाट तरकारी बिक्री वितरण गर्दै आउँदै हुनुहुन्छ । कमला माध्यमिक विद्यालय र सिन्धुली बहुमुखी क्याम्पसबाट पढाइ गर्नु भएकी उहाँको २०५४ मा विवाह भयो । उहाँसित कल्पवृक्षका लागि मेनुका राईले गरेको कुराकानीको संपादित अंश ।

काठमाडौं खाल्डोमा कहिले पस्नु भयो ?
म २०६० मा काठमाडौं खाल्डो पसेँ ।

अनि, सुरुमा के व्यवसाय गर्नु भयो ?
सुर नै यहीबाट हो, अर्थात तरकारी व्यवसाय ।

कहिलेबाट सुरु गर्नु भयो ।
२०६० बाट नै सरु गरे नि ।

कहाबाट सुरु गर्नु भयो ?
राजधानी काठमाडौंको बागबजारको टुकुचाबाट सरु गर्न थालेँ ।

यो व्यवसाय कति पैसाबाट थाल्नु भयो ?
मसित पैसा थिएन । पहिलो दिन ७० रुपैयाँको सुन्तला किनेर बेच्दा १४ रुपैयाँ नाफा भएको थियो । यसरी सुरु गरें । अनि साथीहरुसित सापट लिएर तरकारी किनबेच सुरु गरे ।

त्यसपछि कसरी अघि बढ्नु भयो ?
अलिअलि गर्दै काम अघि बढाए । बिस्तारै गर्दै जाँदा अहिले काठमाडौंको ३१ नम्बर वडा नयाँबानेश्वरमा होलसेल तरकारी, मसलाका परिकार र फलफुल पसल चलाउँदैछु ।

दैनिक कति कारोबार गर्नु हुन्छ ?
सरदर दैनिक ५० हजारमाथि नै हुन्छ ।

तपाईँका ग्राहक कोको हुन् ?
सामान्य नागरिकदेखि ठूला होटलसम्म मेरा ग्राहक छन् ।

यो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?
पेशामा सन्तुष्टि नै छ । तर उधारो दिनु पर्ने र समयमा पैसा नआउँदा समस्या हुने गरेको छ । अरु त ठीक छ ।

यो व्यवसायलाई अझ राम्रो बनाउन के गरिनु पर्छ ?