Advertisement GIF
कल्पवृक्ष
वैशाख १९ बिहीबार, ९:१५ पूर्वाह्न
भोलि (शुक्रवार) देखि स्कुल खुल्ने

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमतिपछि अब विद्यालयहरु खुल्ने भएका छन् । सरकार र महासंघबीच ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो । बुधबार (हिजो) राति सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनु भयो ।

महासंघले राखेको विद्यालय शिक्षा विधेयक भने आगामी असार १५ अघि नै ल्याउन सरकार र महासंघबीच सहमति भएको छ । शिक्षकहरुको आन्दोलनका कारण सरकारालाई मासिक वार्षिक रुपमा ८ अर्ब रुपैयाँ लगानी गर्नु पर्ने भएको छ ।

बिहीवार (आज) सार्वजनिक विदा भएकोले शुक्रवारबाट विद्यालयहरु नियमित सञ्चालनमा आउने भएका हुन् । २९ दिनपछि आन्दोलन स्थगित भएपछि शिक्षकहरू आफ्नो कार्यक्षेत्रमा फर्किँदै छन् । सामुदायिक विद्यालय भने बिहीवार मजदुर दिवसको अवसरमा सार्वजनिक विदा भएका कारण शुक्रवारमात्रै खुल्ने भएका हुन् ।