Advertisement GIF
कमला रिजाल
वैशाख १९ बिहीबार, १०:०७ पूर्वाह्न
कविता : छिटोले सरकार शिक्षा ऐन

✍ कमला रिजाल

अठ्ठााइस सालले शिक्षा बेहाल नौं पटक टालेर
शिक्षा ऐन ल्याइदेँ सरकार पुरानोलाई फालेर
शिक्षक छन् अन्यायम ाबाध्य भएर सडकमा
सरकारले तत्पर देखा अबिलम्ब ऐन ल्याएर ।

इ सि डि र राहतअनि करार, अस्थायीकर्मचारी
स्थायीपनिखुसी छैनन अपमान गर्यौ बढी
शैक्षिक क्षेत्र सुधार भए विकासको लहर आउँछ
समृद्धि, शान्ति, विकास, नेपालले बल्ल पाउँछ ।

अर्थ भन्छ बजेट छैन, कसरी हो पूरा गर्ने
सरकार किन पाँचतारे होटल तिर धाउने ?
अर्बै खर्च गर्न तयार राजनितिक उच्च पदस्थमा
सरकार अब देखा चासो यस्ता खर्च कटौतिमा ।

शिक्षकलाई दोष दिन सरकारलाई छुट छैन
नीति, विधान, कार्यन्वयन तिम्रो काम हैन ?
संसदभै सदनमा नीति लेख्न गको हैन ?
जवाफ दे सरकार हाम्लाई उटपट्याङ भाषण चाहिन्न ।

नेता, पुलिस, निजामति, शिक्षकका सन्तान नि
सामुदायिक विद्यालयमा पढाउनु पर्ने समेटनु छ ऐनमा पनि
सार्वजनिक शिक्षा सुधार विकासको पहिलो आधार
हामी लेख्छौं हाम्रो ऐन छोडदे सरकार सिंहदरबार ।