Advertisement GIF
अब गभर्नर नियुक्ति हुने : राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट गभर्नर बन्ने

लामो समयदेखि रोकिएको गभर्नर नियुक्ति अब भने हुने भएको छ ।

मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिएपछि रोकिएको नियुक्ति प्रक्रिया अगाडि बढ्ने भएको हो । मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । समितिका सदस्य पूर्व गर्भनर विजयनाथ भट्टराईले एक महिनासम्म पनि छनोट समितिको वैठक बस्न नसकेको भन्दै राजीनामा दिएका थिए । त्यसपछि नियुक्ति प्रकृया झन् गिजोलिएको थियो ।

यसअघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेल रहेको समिति बनाएको थियो ।

तर एक महिनासम्म कुनै पनि बैठक बस्न नसकेको भन्दै भट्टराई वैशाख ९ गते समितिबाट बाहिरिएका थिए। उनी बाहिरिएपछि गभर्नर सिफारिस समितिको बैठक नै बस्न सकेको थिएन । सिफारिस समितिले पूर्णता पाएसँगै समितिले आगामी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ।

नेपाली काङ्ग्रेसको भागमा गर्भनर परेपछि भट्ट नै गभर्नर बन्ने पक्काजस्तो भएको स्रोतहरुको दाबी छ ।