माया नेपाल लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्रका प्रोग्राम कोअर्डिनेटर (कार्यक्रम समन्वयकर्ता) अस्विनराज खनाल दुई दशकअघिदेखि यो संस्थामा सकृय रहनु भएको छ । ललितपुरको हरिसिद्धिमा रहेको यो केन्द्रले लागूऔषध, मद्यपान सेवन गरेर कुलतमा फसेका युवाहरुको उपचार गर्दै आएको छ । २०३४ मा राजधानीको नक्सालमा जन्मनु भएका उहाँले स्नाकोत्तरसम्मको अध्ययन पूरा गर्नु भएको छ । दामोदरप्रसाद र

माया नेपाल लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्रका प्रोग्राम कोअर्डिनेटर (कार्यक्रम समन्वयकर्ता) अस्विनराज खनाल दुई दशकअघिदेखि यो संस्थामा सकृय रहनु भएको छ । ललितपुरको हरिसिद्धिमा रहेको यो केन्द्रले लागूऔषध, मद्यपान सेवन गरेर कुलतमा फसेका युवाहरुको उपचार गर्दै आएको छ ।

२०३४ मा राजधानीको नक्सालमा जन्मनु भएका उहाँले स्नाकोत्तरसम्मको अध्ययन पूरा गर्नु भएको छ । दामोदरप्रसाद र रमादेवि खनालका दुई सन्तानमध्ये जेठो छोरा अस्विनराज रिकभरी नेपालसमेतका लागूऔषध न्यूनिकरण तथा जनचेतना फैलाउने अभियानमा सकृय रहँदै आउनु भएको छ । उहाँसित लागूऔषध र यसको सेरोफेरोमाा केन्द्रीत रहेर कल्पवृक्षका लागि सूचना तथा प्रविधि सम्पादक सुजन सुवेदीले गरेको कुराकानीको संपादित अंश ।

रिह्याब (पुनर्वास) क्षेत्रमा कसरी आवद्ध हुनुभयो ?
म रिह्याब (पुनर्वास) क्षेत्रमा सन् २००३ अर्थात २२ वर्षअघि प्रवेश गरेकोे हुँ । म पनि लागूऔषधको प्रयोगकर्ता थिएँ । १३ वर्षको उमेरदेखि म कुलतमा फसें । र, यो नशा सेवनको लतबाट छुटकारा पाउन म रिह्याब सेन्टर पुगेँ । सफल उपचारपछि म नशाबाट टाढै रहेको छु । अनि, म यही क्षेत्रमा केही योगदान पु¥याउन सकिन्छ कि भनेर आवद्ध भएको हुँ । र, यही क्षेत्रमा दुई दशकदेखि सक्रिय भएर लागिपरेको छु ।

माया नेपाल लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्रमा कस्ता कस्ता दुब्र्यसनी आउने गर्छन् ?
यहाँ आउनेमा अल्कोहलिक अधिक छन् । अनि लागूपर्दा सेवनकर्ताहरु । मानसिक समस्या भएकाहरु पनि आउने गरेका छन् ।

कस्तो परिवारका किशोर, युवाहरु दुब्र्यसनमा लागेको पाइन्छ ?
पछिल्लो समय १३ देखि २५ वर्ष उमेर समूहका किशोर र युवा लागूऔषधमा फसेको पाइन्छ । समग्रमा सबै समुदाय, परिवार र उमेर समूहका, तल्लो वर्ग तथा गरिव समुदायका अधिक लागूऔषधको सेवनमा फसेको पाइन्छ ।

माया नेपालले त्यस्ता कति किशोर र युवाको सफल उपचार गरेको छ ?
हामी सरदर महिनाको ३ सयदेखि ४ सय किशोर र युवाको उपचार गर्दै आएका छौं । दुई दशकमा करिव ८ हजार दुब्र्यसनीको उपचार गरिसकेका छौं । र, हामीले गरेको उपचारबाट ३० प्रतिशतको रेसियोमा किशोर र युवालाई नशाविहीन बनाउन सफल भएका छौं ।

हाम्रो देशमा दुब्र्यसनको कस्तो ‘ट्रेन’ छ ?
हाम्रो देशमा पछिल्लो समय ‘सेक्सुलाइज ड्रग युज’ देखिन थालेको छ । यौन सन्तुष्टिका लागि लागूपदार्थ सेवन गर्ने चलन बढ्न थालेको छ । देशमा भएका लागूऔषध सेवनकर्तामध्ये ९ दशमलव ३ प्रतिशत यस्तो कुलतमा फसेको अध्ययनले देखाएको छ । त्यसपछि बजारमा सहजरुपमा पाइने जाँड, रक्सी, गाँजा, ट्याब्लेट, ब्राउन सुगर, इन्जेक्सनहरु हुँदै आइसजस्ता लागूऔषध प्रयोग गर्नेको संख्या अधिक देखिन्छ ।

देशमा दुब्र्यसनीको संख्या घटाउन कसले र के के गर्नुपर्छ ?
हाम्रो देशमा भारतसितको खुला सीमाका कारण निर्वाध रुपमा लागूऔषध, लागूपर्दाथहरु भित्रने गरेको छ । जनेतनाको कमी, बेरोजगारीका कारण पनि किशोर र युवाहरु यस्तो कुलतमा फसेको पाइन्छ । अब पहिलोमा खुला सीमामा कडाइ गरिनुपर्छ । जनचेतनामूलक कृयाकलापहरु देशभर फैलाउनेदेखि विद्यालयका पाठ्यक्रममा पनि यो विषय राखेर पठनपाठन गराउनु पर्छ ।

लागूपदार्थ र लागूऔषधको न्यूनिकरण तथा रोकथामका लागि देशमा भएका तीन वटै तहका सरकार, सामाजिक संघ संस्था, समुदायको दायित्व भित्र पर्छ । अनि, यो कामका लागि सरकारले सरोकारवालालाई पर्याप्त स्रोत र साधन उपलब्ध गराउनु पर्छ । यसो भयो भने यसलाई न्यूनिकरण गर्न सकिन्छ ।