Advertisement GIF
सारिका घिमिरेको नयाँ गीत : युट्युबमा १० दिनमै २० लाखबढी भ्युज

गुन भुल्यौ पित्तलको, सुन पायौ होला
भुइँ छोड्यौ आकाशको जून पायौ होला ।

अघिल्लो साता (१३ दिनअघि) सार्वजनिक यो गीतको म्युजिक भिडिओ २० लाखभन्दा बढीपटक हेरिएको छ। हजारौंले टिकटक भिडिओ बनाएका छन्। टिकटकमा गीत भाइरल भएसँगै युट्युबमा खोज्नेहरूको संख्या झन् झन् बढ्दैछ। म समयमै सुपरहिट भएको गुन भुल्यौ, गीत सारिका घिमिरेले गाएकी हुज् अनि शब्द र संगीत पनि उनकै हो।

अहिले टिकटक खोल्यो भने अधिकांसले यही गीतमा अभिनय गरेको देख्न पाइन्छ । मोडल, नायिकाहुँदै गीत लेखन, संगीत भर्नेदेखि गाउनेसम्मको उनको कलालाई यो गीतले अधिक चिनाएको भन्नेहरु भेटिन थालेका छन् ।