ललितपुरको नख्खु कारागारमा भान्छामा काम गर्दा दालमा चिप्लिएर जलेका एक कैदीको मृत्यु भएको छ । उनको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी कर्तव्य ज्यान र बलात्कारको सजाय भुक्तान गरिरहेका थिए। यही जेठद २५ गते कारागारभित्र भान्छामा काम गर्नेक्रममा पोखिएको दालमा टेक्दा चिप्लिएर लड्दा उनको शरीरकोका भिन्न भाग जलेका थिए ।
उनको शव आफन्तले बुझिसकेको जेलर भीमराज कोइरालाले जानकारी दिए ।