Advertisement GIF
कल्पवृक्ष
जेष्ठ २९ बिहीबार, ९:०२ अपराह्न
जसपा सांसद सिंह पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टीका सांसद सरोजकुमार सिंहलाई पक्राउ गरेको छ।
उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत हुन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थसमेत पक्राउ परेका थिए ।

घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइलसमेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।